निर्वाचनमा बामपन्थी दलहरुसँग सहकार्य गर्ने गौरबशाली पार्टीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (गौरबशाली) पार्टीले स्थानीय निर्वाचनमा बामपन्थीदलसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।

आज बसेको गौरवशाली पार्टीको केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले बामपन्थीदलसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता बालकृष्ण लम्सालले बताए ।

Advertisement

पार्टीका अध्यक्ष भविश्वर पराजुलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी स्थानीय चुनावमा वामपन्थी शक्तिलाई एकतावद्ध गराउन पहलकदमी लिने र पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने निर्णय लिएको पार्टी प्रवत्ता लम्सालले बताए ।

यसैगरी, बैठकले सातै प्रदेशका ईन्चार्ज तथा जबस ईन्चार्ज एवं विभागिय प्रमुख समेतको सहभागी बैठकले स्थानीय चुनावमा तालमेल वा सहकार्य गर्ने विषयमा छलफल चलाएको थियो ।

आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको धारणा बनाउन बसेको सो बैठकले पार्टी संगठन र विभागिय जिम्मेवारीको हेरफेर समेत गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भई स्याउ चिन्ह प्राप्त गरेको सो पार्टीले देशव्यापी रुपमा संगठन विस्तार गर्दै गएको र देशभक्त, वामपन्थी शक्तिलाई एकतावद्ध गराउन विशेष पहलकदमी लिने जनाएको छ ।

२०७५ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुँदा असन्तुष्ट भई नेकपा माओवादी केन्द्रलाई नै निरन्तरता दिदै आएको थियो । पछि सर्वोच्च अदालतको निर्णयले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदिएपछि भने सो समुहले नेकपा गौरबशाली पार्टी दर्ता गरेको थियो ।

More News last news
Loading...