उत्कृष्ट युवा पत्रकारिता पुरकारबाट पत्रकार महेश गौतम सम्मानित

काठमाडौं । पत्रकार महेश गौतम उत्कृष्ट युवा पत्रकारिता पुरकार २०७८ बाट सम्मानित भएका छन् । गौतमलाई रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट युवा पत्रकारिता पुरकार २०७८ बाट सम्मानित गरेको हो । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार हस्तान्तरण गरे ।

लामो समयदेखि पत्रकारितामा आवद्व गौतम हाल राजधानी दैनिकको राजनीतिक व्यूरो प्रमुख हुन् । उनी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव समेत हुन् ।

Advertisement

यसैगरी,   क्लबले आज (बिहीबार) काठमाडौंमा आयोजित विशेष समारोहमा यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ।

एक लाख रुपैयाँ राशिकै तेजेन्द्र-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिएको हो।

क्लबले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक प्रमुख उपसम्पादक कुलचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ ।

More News last news
Loading...