ढोरेली समाज काठमाडौंको अध्यक्षमा सिग्देल, महासचिवमा अर्याल निर्वाचित

काठमाडौं । ढोरेली सेवा समाज, काठमाडौंको अध्यक्षमा मधुसुदन सिग्देल निर्वाचित भएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित समाजको १३ साधारणसभाबाट सिग्देलको अध्यक्षतामा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन भएको हो ।

समाजको उपाध्यक्षमा बसन्तराज गौतम, महासचिवमा धर्मदत्त अर्याल, सचिवमा सलिता गुरूङ र कोषाध्यक्षमा लक्ष्मी महत थापा चयन भए ।

Advertisement

यसैगरी, समाजको सदस्यमा ईश्वरी बस्नेत थापा, मधु माया राना थापा, सीता कुमारी खाण, राजेन्द्र पोख्रेल, नबिन पोख्रेल, मीना सिग्देल, कुसुम थापा र पित्ताम्बर सिग्देल निर्वाचित भएका छन् ।

तनहुँको ढोरेलीबाट राजधानी काठमाडौं आएर बसोबास गर्नेहरूले २०६४ सालमा यस समाजको स्थापना गरेका हुन् । समाज विभिन्न सामाजिक विकास, स्वास्थ्य, शिक्षा र खेलकुदका क्षेत्रका सक्रिय रहँदै आएको छ।

More News last news
Loading...