काठमाडौं । नुवाकोटको बिदुर नगरपालिकाले नगरपालिकाभित्रका स्थानीय किसानहरुलाई २ दिने पशुपालन तालिम दिएको हो ।
यहि विदुर नगरपालिका वडा नं ५ र ६ गते इनारपाटिमा २६ जना पशुपालक उद्यमी हरुलाई तालिम दिईएको हो । उनीहरुलाई गोठ निर्माण, पशु आहारा, सरसफाइ, लाग्न सक्ने रोग त्यसको उपचार, रोकथाम बिधि, पशु इन्सुरेन्स लगायत बिषयमा तालिम दिईएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए।
प्रशिक्षकद्वय सिताराम रिमाल र राम प्रसाद खनाल ले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा महासङ्घको केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुर्य कडेल, वडा अध्यक्ष राजु सडौला, महासङ्घ बिदुर नगर अध्यक्ष राममणि अधिकारिको पनि उपस्थिति रहेको थियो।
यस्ता तालिमहरु बेला बेलामा सन्चालन भएमा उद्यमी ब्यबसायिलाई सहयोग पुग्ने सहभागीहरुले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
