काठमाडौँ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट संघको नेतृत्वमा महेन्द्र भुषाल निर्वाचित भएका छन् ।
भुषालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको संस्थापक तथा निवर्तमान अध्यक्ष कविता खनालले नयाँ पुस्ता डटकमलाई जानकारी दिइन् । संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भए ।
यसैगरी, उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन प्रदेश १, अभिशेक रोगन मधेश प्रदेश, बिक्रम अधिकारी बागमती, हेमन्त श्रेष्ठ गण्डकी, हम बहादुर अधिकारी लुम्बिनी, कान्त प्रसाद सुवेदी कर्णाली, कृष्ण राज ढुँगाना सुदूरपश्चिम, निर्वाचित भए ।
संघको महासचिवमा होम प्रसाद अधिकारी, सचिवमा धीरज मैनाली , कोषाध्यक्षमा प्रकृति आचार्य रहेका छन् । यसैगरी सदस्यहरुमा समिर शर्मा, रविन्द्र कुँवर, वर्षा कोइरला, मञ्जु दाहाल, हेम विडारी, देवेश कर्ण, ब्रह्म शंकर चोधरी र श्रीभगराज जोशी निर्वाचित भएका हुन् ।
केही समय अगाडी मात्रै स्थापना भएको यस संस्थाले अब तत्कालै ७ जना उपाध्यक्षहरुको संयोचकत्वमा प्रदेश प्रदेशमा समिति गठन गर्ने र संस्थाको हक हितमा काम गर्ने नव निर्वाचित अध्यक्ष भुषाले बताए ।
उनले भने, हामीले तत्काल सातवटै प्रदेशमा समिति विस्तार गर्दै, यस क्षेत्रमा काम गरिरहेका साथीहरुको सहयोगका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने छौँ । अझ धेरै साथिहरुसँग हातेमाले र सहकार्य गर्दै यस क्षेत्रमा देखिएका समस्या, निराकरण गर्न लागि पर्ने छौँ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
