ललितपुरमा एकै घरका ५ जनाको ज्यान गयो, यस्तो रहेछ कारण

काठमाडौँ । ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा एकै घरका ५ जनाको ज्यान गएको छ ।

स्थानीय काइँली स्याङ्तानको घरमा आइतबार राति खाना खाएर सुतेकमध्ये चारजना सोमबार बिहान मृत भेटिएका हुन्।

Advertisement

घरमै बेहोस भेटिएका दुई दिनका नाबालकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङ्तान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा अहिले प्रहरीले डाक्टरसहित अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घरभित्र आगो बालेको कोइला र केही बान्ता गरेको देखिएको छ।

More News last news
Loading...