काठमाडौँ । रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ।
स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन्।
रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ। उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ।
उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन्।
त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
