काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले ब्राह्मण जातियताको आधारले नभई मानिसहरुको योग्यता र क्षमताको आधारमा हुनुपर्ने बताएका छन् ।
नेपालमा जातिय विभेदले जरा गाडेको भन्दै यसलाई अन्त्य गर्नपर्ने उनले धारणा राखे । भगवानको मुर्ति बनाउनेलाई नै जातिय विभेद गर्नु सबैभन्दा अपराध हुने उनको भनाई थियो । उनले भने,‘सबैभन्दा महत्वपुर्ण त मानिसहरुको व्यवहारमा परिवर्तन आउनुपर्छ ।’
अष्ट्रेलियामा पनि जातिय विभेद
त्यस्तै, दलित आत्मरक्षा अभियानका अध्यक्ष डा.मित्र परियारले नेपालमामात्र नभएर अष्ट्रेलियामा पनि जातिय विभेद भएको सुनाए ।
गुरुकुलमा सबैले पढ्न पाउनुपर्छ भन्नेहरुलाई बौलाएको आरोप लाग्ने गरेको पनि बताए । उनले भने,‘कथित उच्च जातले दलितले नै बनाएको हसियाँ प्रयोग गर्छन् ।’ अष्ट्रेलियाबाट फर्केर आफुले दलितको निम्ति आत्मरक्षा अभियान चलाएको सुनाए ।
उनले नेकपा माओवादी केन्द्रले दलितलाई माथि ल्याउने आँट गरेपनि खासै केही नगरेको बताए । संसारमा सबैभन्दा ठुलो झुट धर्मशास्त्रमा नभएको भन्दै उनले समाजको निर्माण शाहवंशीय राजाहरुले गरेको उनले सुनाए ।
उनले भने,‘९५ प्रतिशत हिन्दुहरुले दलितलाई डेरा दिँदैनन्, राज्यले जातिय विभेद गर्न नपाइने भनेपनि मानिसहरुको मनुस्मृतिले मान्दैन् ।’
उनले आफुले सञ्चालन गर्दै आएको आत्मरक्षा अभियानले शशक्त दबाब दिएर दलित कुकुरभन्दा सानो होइन् भन्ने सन्देश दिने बताए । उनले भने,‘धर्म संस्कारमा ब्यापक सुधार नर्गदासम्म हामी विद्रोह गरिरहन्छौ।’
यसैगरी, वाचन शिरोमणी दिनबन्धु पोखरेलले छुवाछुत शब्द हिन्दु धर्ममा नभएको स्पष्ट पारे । उनले संसारमा जात भन्ने वास्तवमा मानव जाति मात्र भएको उल्लेख गरे ।
मानवको एउटै मात्र जात हुने तर पहिचान भने भिन्न हुने उनको भनाई थियो । पोखरेलले जातियताभन्दा पनि जातबारे समुदायमा विभेद भएको स्वीकार गरे ।
केही व्यक्तिले जातको कुरा उछालेर समूदायमा विकृति र विसंगती भित्र्याएको उनले आरोप लगाए । उनले भने,‘यो विसुद्ध रुपमा पाखण्डपन हो ।’
जन्मँदा जो पनि सामान्य हुने र कामले मात्र विद्धान हुने उनले धारणा राखे । गुरुकुल समावेशी गुरुकुल हुनुपर्ने र सबैले पढ्न पाउनुपर्नेमा उनको जोड थियो । उनले आफुले विभिन्न स्थानमा समावेशी आश्रम खोेलेको पनि सुनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
