काठमाडौँमा स्मार्ट लकडाउन पूर्णरूपमा हट्यो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।

Advertisement

कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो।

पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो। सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो।

त्यस्तै, फागुन १ गतेदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो।

More News last news
Loading...