पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ।

तराईमा मौसम सामान्यतया सफा देखिन्छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Advertisement

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ ।

यसैगरी, देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा अंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेश र प्रदेश १ मा अंशिक बदली र बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

More News last news
Loading...