चन्द्रागिरीमा माइक्रोमा मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गयो

काठमाडौं । काठमाडौँको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो।

Advertisement

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिनुभयो ।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताउनुभयो । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।

निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झा’र्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई थिचेको थियो ।

More News last news
Loading...