युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो ।

साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ।

Advertisement

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर आफ्नो विरोध जनाएका छन् ।

अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगि नसकेको, तर अन्य देशहरुका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निष्कासन गर्नु सबैभन्दा गम्भीर विदेशी कूटनीतिक कदमहरुमध्ये एक हो ।

राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा बिखण्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएपछि पश्चिमेली देशहरु रुससँग क्रुद्ध छन् ।

More News last news
Loading...