वरिष्ठ कलाकार जयनन्द लामाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार तथा गायक जयनन्द लामाको निधन भएको छ । ६५ वर्षीय लामाको निधन भएको ‘हल्का रमाइलो’का लेखक/निर्देशक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे’ले जनाएका छन् ।

कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवार स्रोतले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा लोकप्रिय गायक पनि हुन् ।

Advertisement

हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन। उहाँको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने तयारी भइरहेको छ।

उनका कलकत्ते काँइयो केस मेरो बाँगो, ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीतहरु लोकप्रिय छन् ।

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

More News last news
Loading...