यी हुन् शरीरमा अनावश्यक पलाएका कोठी र मुसा हटाउने सरल तरिका

काठमाडौँ । आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो। केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ ।

मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ । एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।

Advertisement

मुसा विभिन्न प्रकारका हुन्छन् । औषधि खाने र औषधि दल्ने गरेमा मुसा सानो हुंदै गएर अन्तमा हट्नेछ । यस उपचार पद्धति बाहेक, चिस्याउने, इलेक्ट्रिक उपचार गर्ने, लेजर वा अपरेशन गर्ने तरिकाव्दारा पनि मुसा हटाउन सकिन्छ।
भर्खरै शरीरमा मुसा आएको देख्दा भिटामीन एलाई सोझै मुसा आएको छालामा दल्न सकिन्छ । यसो गरेमा मुसा हट्ने सम्भावना हुन्छ।

अर्को उपाय होः भिटामिन सीलाई धुलो पारी पानीसंग मिलाएर लेदो जस्तो बनाई मुसा आएको छालामा दल्ने गरेमा मुसा हट्ने सम्भावना छ । तर जुनसुकै उपायव्दारा मुसा हटाउंदा चिकित्सकको सल्लाह अनुसार काम गर्न राम्रोहुन्छ ।
मुसा कोठी हटाउनका लागि घरेलु उपायहरु :

स्याउका भिनेगरप्रयोग गर्ने

– स्याउको भिनेगर सबैभन्दा उपयोगि प्राकृतिक उपाय हो । मुसाहटाउन यसको अचम्म खलको उपयोगिता छ । स्याउको भिनेगरलाई मुसा,कोठी आएको ठाउँमा लगाएमा चाँडै नै हराएर जान्छ । तर यो बिधि आँखा वरपर भने प्रयोग गर्नु हुँदैन।

स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ :

– पानी र थोरै साबुनले मुसा आएको वरपर सफा गर्नुहोस्।

– १५ मिनेटपछि मुसामा टुतपेस्ट दलेर रगड्नुहोस् र १५ मिनेट त्यत्तिकै राख्नुहोस्।

– स्याउको भिनेगर कपासमा लिएर पुसेर संक्रमित ठाउँमा प्लास्टर या मज्जाले दब्बिने गरेर छोप्नुहोस्।

– १५ मिनेट पछि खोलेर पानीले सफा गर्नुहोस्।

– यो विधि दिनमा ३ पटक लगातार ७ दिन सम्म प्रयोग गर्नुहोस् हजुरको कोठि, मुसा सजिलै हराएर जानेछ।

More News last news
Loading...