काठमाडौं । काठमाडौंको बालाजु गंगाहल अगाडी मिनिबसले किचेर बाटो काट्दै गरेका दुईजना पैदल यात्रुको ज्यान गएको छ ।
विहान ६ बजे आसपास रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिलालाई किचेर मिनिबस फरार भएको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबसको नम्बर खुल्न सकेको छैन ।
मिनिबसको ठक्करबाट घाईते भएका उनीहरुको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बुधबार बिहान पनि बालाजुमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको थियो ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको पनि उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा नै मृत्यु भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
