काठमाडौँ । साना ६ दलले आव्हान गरेको नेपाल बन्द सफल पार्न विभिन्न गतिविधि गर्दै हिडेका १३ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ।
उच्छ्ङ्खल गतिविधीमा संलग्न रहेको भन्दै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जानकारी दिएको हो ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्दको आह्वान गरेका छन् ।
बन्दलाई असफल बनाउन र शान्ति सुरक्षा कायम गर्न सडकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ।
यस्तै, सवारी साधन निर्बाध सञ्चालन गर्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले चालकहरुलाई अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
