कलंकीमा डिउटीमा रहेका ट्राफिकलाई बसले ठक्कर दिएपछि…

काठमाडौँ । बसले ठक्कर दिँदा कलंकीमा डिउटीमा खटिएका एक ट्राफिक घाइते भएका छन्। आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते ट्राफिकको ठाउकोमा चोट लागेको बसमा सवार आरआर क्याम्पसका विद्यार्थी नेता सुशिल खनालले जानकारी दिए। बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

Advertisement

घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ठक्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ।

सवारीको अध्याधिक चाँप हुने भएका कारण कलंकी चोकमा ‘अण्डर वे पास’ समेत सञ्चालनमा आउने भएको छ। यस अण्डर वे पाससको दूरी ८ सय मीटर लामो रहरेको छ।

कलंकी चोकबाट बल्खु र सीतापाइला दुवैतर्फ ४ र ४ सय मीटर लामो छ। अन्डरपास सञ्चालनमा आएपछि कलंकी चोकमा सवारीको जामको समस्या केही कम भएपनि पूर्ण रुपमा समाधान हुन सकेको छैन्।

More News last news
Loading...