चन्द्रागिरीमा एक अर्ब लगानीमा अत्याधुनिक अस्पताल निर्माण हुने

काठमाडाैं l चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन विकास बैंक(केएफडब्लु)द्वारा एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयाेगबाट निर्माणहुने अत्याधुनिक अस्पतालमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गरिने नगर प्रमुख घनश्याम गिरीले जनाएका छन् ।

Advertisement

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख गिरी र बैंकका प्रतिनिधिका बीचमा प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ ।

नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

नगरप्रमुख गिरीले भने, निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ ।

More News last news
Loading...