प्रेमीको स्वर र खनालको शब्दमा ‘भ्यालेन्टाइन डे’ स्पेशल गीत बजारमा

काठमाडौँ । लोकप्रिय गायक तथा संगीतकार नरहरि प्रेमी र गीतकार अनिल खनालको सहकार्यमा प्रेम दिवस (भ्यालेन्टाइन डे) स्पेशल गीत बजारमा आएको छ।

‘अन्त बसेन दिल कसम तिमीलाई पर्खेर, तिम्रै मायाँ बोल्दैछन् आँखा हेरन फर्केर, पलपल यो मुटुमा धड्किएकी छौ, बोलको ‘विल यू बि माइ भ्यालेन्टाइन’ बोलको गीत बजारमा आएको हो ।

Advertisement

उक्त गीतमा नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको शब्द तथा वरिष्ठ संगीतकार गायक नरहरी प्रेमीको संगीत र स्वर रहेको छ। खनालको शब्द र प्रेमीको संगीत तथा स्वर मिश्रणसँगै ‘वल यू बि माइ भ्यालेन्टाइन’ गीत बजारमा आउँदा बेजोड बनेको छ ।

प्रेमील जोडीलाई लक्षित गरी तयार पारिएको कर्णप्रिय गीतमा आफ्नो मायालाई स्विकार गर्न युवकले युवतीलाई प्रेम प्रस्ताव गरिरहेका छन् ।

शुक्रबार युट्युब मार्फत सार्बजनिक भएको गीत गायक प्रेमीको अफिसियल युट्युब च्यानल ‘नरहरी प्रेमी‘ युट्युवमार्फत सार्बजनिक भएको हो । यस्तो छ गीतको म्युजिक भिडियो : 

१४ फेबु्रअरी ‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रेम विदस । यो दिन माया गर्नेहरुको विशेष दिन । यो दिनलाई नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ प्रणय दिवसको रुपमा मनाइदै आईरहेको छ ।

१४ फेबु्रअरीलाई एक अर्कामा माया गर्नेहरुको विशेष दिनको रुपमा मानिदै आएको छ । विशेषगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा यस दिनलाई लिने गरेको पाइन्छ ।

More News last news
Loading...