काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा २० हजार नौ सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सत्र हजार चार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६ सय ६६ जनामा र तीन हजार पाँच सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा चार सय ६२ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार चार सय ४१ रहेको छ । पछिल्लो २४ घन्टामा दुई हजार २१५ डिस्चार्ज भएका छन् भने ज्यान जानेको संख्या १४ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
