बिहान तराईमा हुस्सु, यी ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Advertisement

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार भने मौसममा सुधार हुने देखिएको छ ।  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।

यसैगरी, आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

More News last news
Loading...