युएनको कर्मचारी बताउँदै निलो प्लेटको गाडी चढेर हिँड्ने क्रिस्टिनाले युवाहरुसँग…

काठमाडौँ । नेपाली युवाहरुमा बिदेशको मोह अचकाली रहेको छ । स्वदेशमै केहि गरेर अर्थोपार्जन गर्ने भन्दा उनिहरु जस्तोसुकै जोखिम मोलेर भएपनी बिदेशिन चाहन्छन ।

युवाहरुको यही चाहनालाई प्रयोग गरेर रातारात धनी बन्न खोज्नेहरु सल्बलाईरहेका हुन्छन । अनेक आश्वासन दिएर भएपनी उनिहरु त्यस्ता मानिसहरुलाई आफ्नो पन्जामा पार्न सफल बन्दछन । यस्तै कान्डमा मुछिएको आरोप लागेकी एक अधबैँशे महिला पक्राउ परेकी छन ।

Advertisement

बाहिर पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको हो ।

जर्मनी पठाउँछु भनेर धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् ।

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्वयम्भूका डिएसपी मिलन केसीले बताए ।

३२ जना युवासँग उनले ‘समूहमा आउनु, जर्मनी पठाउँछु’ भनेर असुलेकी थिइन् । गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि पनि पक्रेर ठगी मुद्दा चलाएको थियो ।

यो पनि पढ्नुहोस्, प्रहरीले चोरी गरी फरार रहेका एक जनालाइ पक्राउ गरेकाे छ । बुढानीलकण्ठबाट चोरी गरी फरार रहेका एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर डुम्रे घर भई हाल जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं ८ भंगाल डेरा गरी बस्ने बर्ष २१ को नितेस मगर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

रातीको समयमा बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भङ्गालस्थित हरि पराजुलीको खाली जग्गा भाडा लिई दोलखा जिरी नगरपालिका वडा नं ८ घर भई बम बहादुर तामाङले सञ्चालन गर्दै आएको डि.बि.फर्निचरको ढोका फुटाई चाेरि गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी प्रभाग,बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले आइतबार बुढानीलकण्ठ नगरपालीका वडा नं ८ स्थित स्पेसल चोकमा लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

More News last news
Loading...