सोल्टीमोडमै खूल्यो महबाटै उपचार गर्ने हनी सेन्टर तथा ब्युटी सलुन, ब्युटिसियन सोनीद्धारा उद्घाटन

काठमाडौं । काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । बिगत एक दशकदेखि व्युटिसियनको रुपमा सक्रिय तथा थोरापिष्ट रन्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याएकी हुन् ।

जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मान्सपेसीको समस्यालाई मुक्तपार्न यो पार्लर खोलिएको हो । रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले आईतबार श्रीपन्चमीको अबसर पारेर यो थेरापी तथा ब्युटी सुलनको रिवन काटेर उद्घाटन गरेकी छिन् ।

Advertisement

नेपालमै उत्पादिक जैविक महबाट रन्जुले थेरापी गरेर नशा र मासपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारँजितले व्यक्त गरिन् । कुशल ब्युटिसियनका रुपमा परिचित रन्जुले आफ्नो सेवाबाट चाँडै प्रगति गर्ने पनि उनले सो क्रममा बताईन् ।

रन्जुकी थोपारी टिचर तथा रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले कार्यक्रममा बोल्दै हनी थेरापीका फाईदाहरुबारे कार्यक्रममा प्रकाश पारिन् ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यबसायको लागि शुभकामना दिए ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधी जन्य सामग्री निर्माण गर्दै आएको एपी लाईफबाट थेरापी सम्बन्धि पूर्ण प्रशिक्षण लिएपछि आफुले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रन्जुले जानकारी गराईन ।

महबाट मसाजसँगै ब्युटिसियन सम्बन्धि सम्पूर्ण सुविधा आफुहरुले प्रदान गर्ने पनि उनले बताईन । यस्तै डा. सरोज लामिछाने, एपि लाईफका ओम पुन, टेक गुरुङले महबाट उत्पादित आफुहरुको सामग्रीले स्वास्थ्य रहन पर्ने प्रभावबारे कार्यक्रममा प्रकाश पारे।

कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा, सञ्चारकर्मी गायिका मोडल सरिता भारती, ब्युटिसियनहरु मिना पौडेल, सृजना कुँवर, नविन अधिकारी, गीता मगरलगायतले पनि रन्जुलाई शुभकामना दिए ।

More News last news
Loading...