समाजवादी प्रेस संगठन काठमाडौँ समिति गठन, अध्यक्षमा भीम लामा सर्वसम्मत

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाबाट अध्यक्षमा भीम लामा चयन भएका छन् ।

शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको सो भेलाले लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

Advertisement

यस्तै उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ र लक्ष्मी चौलागाई चयन भएका छन्। सचिवमा योगेन्द्र चौलागाई, सह-सचिव रुपचन्द्र महर्जन, सहसचिव (समावेशी) गणेश वि.क. र कोषाध्यक्षमा सुजन पाख्रिन चयन भएका छन् ।

यस्तै, कार्यसमितिको सदस्यमा सुसन भट्टराई, बद्री चौलागाई, मेनुका कार्की, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, रामचन्द्र रम्तेल, यमन मुन्द्रेली र डिग श्रेष्ठ रहेका छन् ।

उल्लेख्य पत्रकारहरुको उपस्थित रहेको सो कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, पार्टीका काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, केन्द्रीय उपाध्यक्ष विश्वमणी सुवेदी, शान्ताराम विडारी, उपमहासचिव रामकुमार एलन, सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कृष्ण गौतम लगायत विभिन्न कमिटिका पदाधिकारी रहेका थिए ।

More News last news
Loading...