काठमाडौं l काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।
उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ
सिन्धुलीबाट भ्लगर चेतन कार्की पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।
उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए।
बागमती प्रदेश ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गरेको थियो। उनीमाथि तलासी लिँदा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको लामाले बताए।
उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
