काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै ८६८ मा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, भक्तपुरमा ८५ र ललितपुरमा १७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ४९९ आरटी पीसीआर तथा ५ हजार ८३ एन्टीजेनसहित ११ हजार ५८२ जनाको परिक्षण गर्दा थप ३ हजार ६३७ जानामा संक्रमण पुष्टि भएको छ ।
देशभर थपिए ३,६३७ कोरोना संक्रमित, १२ जनाको ज्यान गयो : कोरोना संक्रमणबाट एकैदिन १२ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको जानकारी दिइन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
