भारतले कटौती गर्यो नेपाललाई दिने अनुदान

एजेन्सी । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि आज (मंगलबार) पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) कटौती गरेर भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरेको हो।

भारतले दक्षिण एशियामा बाङ्लादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ। गत वर्ष बाङ्लादेशलाई दुई अर्ब भारु छुट्याइएकोमा यो वर्ष त्यसलाई बढाएर तीन अर्ब भारु पुर्‍याइएको जनाइएको छ।

Advertisement

त्यसैगरी माल्दिभ्सलाई दिने सहयोग दुई अर्ब ५० करोड भारुबाट बढाएर तीन अर्ब ६० करोड भारु बनाइएको छ ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

पछिल्लो समय पश्चिम क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालले आफ्नो प्रभाव बढायसँगै भारत रुष्ट भएको छ ।

More News last news
Loading...