लस्कर फुड्सले ल्यायो ४९९ रुपैयाँको आकर्षक कम्बो अफर, अब रातीपनि डेलिभरी हुने

काठमाडौं ।अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ । लस्कर फुड्सले ४९९ रुपैयाँमात्रको कम्बो अफर ल्याएको हो । लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर बजारमा आकर्षक कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-घरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सको प्रमुख आकर्षणनै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत् घरमै उपलब्ध गराउने लक्ष्य छ ।

Advertisement

तोकेको समय सीमाभित्रै अर्डर गरिएकाखानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ ।प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विलतिर्न मिल्ने व्यवस्था रहेको छ ।

साथै लस्कर फुडसले आफ्नो सेवा समय बिस्तार समेत गरेको छ । लस्कर फुडसले बिहानको ३ बजे सम्म खाना, खाजा पुर्याउने सेवासहित आकर्षक उपहार ल्याएको छ ।

ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमासिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मनपर्ने खाना/खाजामगाउन सकिने, खानाको जानकारी लिन सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए।

More News last news
Loading...