काठमाडौ । माघेसंक्रान्तिको दिन खिचडी खाने, मेला भर्नेहरू त्यतै व्यस्त थिए। गुल्मी छत्रकोट–३ न्वाराका शोभाखर पन्थलाई भने दिनभर फुर्सद थिएन। भिडियोग्राफी र कलाकारितामा रहेका उनले दिनभर बुटवलमै भिडियो खिचे र साँझसम्म मिक्सिङ गरिरहे। साँझ साथीकोमा माघी मनाउन तामनगर पुगे। श्रीमती स्वस्तिकाले कतिखेर घर आउनुहुन्छ भनेर फोन गरिन्। एकैछिनमा आउँछु भनेर फोन काटे।
स्वस्तिका गर्भवती छिन् यही माघ २२ गते बच्चाको जन्म हुने मिति चिकित्सकले दिएका छन्। माघे संक्रान्तिको दिन दिदीको घरमा थिइन्। माघ २ गते सबेरै स्वस्तिकाले शोभाखरलाई फोन गरिन्। फोन प्रहरीले उठाए। ‘तपाईंको श्रीमान् दुर्घटनामा पर्नुभएको छ। उपचार हुँदैछ, लुम्बिनी अस्पतालमा आउनुस्, भनेर फोन राखिदिए। एकैछिनमा घर आउँछु भनेर फोन काटेका शोभाखर योगीकुटी मगरघाट हुँदै बुटवल जाँदै थिए ।
बुटवल र तिलोत्तमा नगरपालिकाको सीमाको सो सडकमा विद्युत्, प्राधिकरणले विद्युत्को तार जमिन मुनि गाड्ने काम गरिरहेको छ। जसको ठेक्का महावीर चन्द निर्माण कम्पनीले पाएको छ। कम्पनीले सडक छेउमा सातफुट गहिरो नाली खनेको छ।
तर, नालीको छेउछाउमा खतराको संकेत राखिएको छैन। न त्यो नालीलाई डोरीले घे’रिएको छ। तामनगरबाट जोगिकुटी निस्किँदै गरेका शोभाखर राति ११ बजेतिर मोटरसाइकल सहित त्यही नालीमा खसे।
चिसो मौसम। हुस्सु लागेको समय। उनले नाली देखेनन्। नालीमा मोटरसाइकलको मुनि च्या’पिएका शोभाखरले कसैको साथ समेत पाएनन्। बिहान त्यहीबाटो हुँदै मर्निङवाक निस्किएका व्यक्तिले शोभाखरको मोबाइलमा रिङटोन बजेको सुने। अन्नपुर्ण पोस्टमा खबर छ ।
तब मात्रै फेलापरे शोभा खर। प्रहरीले अस्पताल पु-यायो तर उनी कहिल्यै नफर्किने गरी बिदा भए। आफन्तले विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीलाई कारबाहीको माग गरे। शव उठाउन आनाकानी गरे। विद्युत् प्राधिकरण जिम्मेवारीबाट पन्छियो।
ठेकेदार कम्पनीले ८ लाख क्षतिपूर्ति दिन तयार भएको आफन्त उषाकिरण पन्थले जानकारी दिइन्। तर, ठेकेदारलाई कारबाही भने गरिएको छैन। पूर्वाधार निर्माणका क्रममा गरिएको सामान्य लापरबाहीले ३२ वर्षीया शोभाखरले ज्यान गुमाए। ०७० सालमा स्वस्तिका सँग विवाह गरेका शोभाखरका ७ वर्षीय छोरा छन्। स्वस्तिका काज किरियामा छिन्। ‘त्यही नालीले मेरो श्रीमान्को निधन भयो। हामीले न्याय कसरी पाउने रु, उनले भनिन्, ‘खतराको केही संकेत राखि दिएको भए आज यस्तो दिन आउने थिएन।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
