काठमाडौंमा जोर बिजोर व्यवस्था हटाउने तयारी, भोलि बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी जोर बिजोर सवारी सञ्चालनबारे पुनर्विचार हुने भएको छ। उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले जोर बिजोरआदेशबारे समीक्षा गर्ने भएका हुन् ।

यसका लागि शुक्रबार प्रमुख जिल्ला अधिकारीहरूको बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

Advertisement

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेको छ। तर त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेको छ।

शुक्रवारसम्ममा अर्को आदेश जारी गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । तर जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निर्णय भने नभएको उनले जानकारी दिए ।

शुक्रवारको बैठकमा प्रशासन कार्यालयले जारी गरेका आदेश पालना र प्रभावको समीक्षा समेत हुने उनले बताए ।

More News last news
Loading...