काठमाडौँ उपत्यकामा आज मात्रै ६ हजार १७२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको ज्यान गएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन्। हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ। मंगलबार थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन्।

More News last news
Loading...