टेकु अस्पतालका ५० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, खोप कार्यक्रम स्थगित

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ।

Advertisement

आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ।नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएको छ। कोरोना संक्रमितका बिरामीले अस्पतालका बेड भरिन थालेका छन्।

यसबारे अस्पतालले जारी गरेको सूचना

यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जना भन्दा बढी कोभिड-१९ बाट संक्रमित हुनु भएकोले यस अस्पतालमा संचालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८/१०/१६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं।

निर्देशक

More News last news
Loading...