काठमाडौं l पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।
काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।
हाल देशभर ७२ हजार ८ सय ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो ।
देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
