काठमाडौको गोकर्णेश्वरबाट यी व्यक्ति पक्राउ, १२ लाख जरिवाना, २ दिन कैद

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी)ले ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई पक्राउ गरेको छ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्दै आएका रिजाललाई सीआईबीको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ।

रिजाललाई सीआईबीको टोलीले शुक्रबार सुन्ताखानबाट पक्राउ गरेको थियो । रिजालको स्थायी घर दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-३ मा पर्छ । उनी काठमाडौंमा बस्दै आएका थिए ।

Advertisement

रिजालले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी एनआईसी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएका थिए ।

रिजालले बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनले रिजालको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम २ दिन कैद र १२ लाख रुपियाँ जरिवाना हुने फैसला भएको थियो।

स्रोत नखुलेको रुपैयाँ सहित पक्राउ, स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त भारतीय रुपैयाँ र चेक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...