मदिरा कारोबारी अग्रवाल दाजुभाइको कलंकीको जग्गा लिलामीमा राख्यो

काठमाडौं । मदिरा कारोबारी अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकपछि मेगा बैंकले पनि ऋण असुलीको प्रक्रिया अगाडि बढाएको छ। बैंकले बुधबार सूचना जारी गर्दै अग्रवाल दाजुभाइको सम्पत्ति लिलाम गर्ने जनाएको छ।

बैंकले लिलाम हुने दिनसम्म सम्पूर्ण बक्यौता ऋण भुक्तानी गर्न भनेको छ। लिलामीका लागि बोलपत्र माघ १९ गतेसम्म दिन सकिने छ। बोलपत्र माघ २० गते खोलिने छ। २० गतेअघि उनले बैंकको ऋण नबुझाए सम्पत्ति लिलाम हुने छ।

Advertisement

अग्रवाल दाजुभाइ परिवारसहित वेपत्ता छन्। उनीहरुको विभिन्न बैंकमा मात्र अर्ब रुपैयाँ ऋण छ। यसबाहेक मिटर ब्याजमा पनि ऋण लिएका छन्। मिटर ब्याजीले मार्ने धम्की दिएपछि उनीहरु बेपत्ता भएका हुन्।

मेगा बैंकले एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा रहेको कलंकी मालपोत कार्यालय अन्तर्गतको घरजग्गा लिलाम गर्ने छ। त्यहाँ चार कित्तामा १०३ वर्गमिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा छन्। त्यहाँ घर पनि छ।

बैंकले अग्रवाल दाजुभाइसहित अन्य जमानीकर्ता रजनी अग्रवाल, ओमप्रकाश अग्रवाल र उषा अग्रवालको नाम निकालेको छ।

बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्। स्रोतका अनुसार, एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी भएको छ।

More News last news
Loading...