काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अध्यक्ष पराजुलीले करोडौँ रकम अनिमियतता गरेको आरोप लगाउँदै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष पत्रकार भीम बहादुर लामाले उजुली दर्ता गराएका हुन् । उनीविरुद्ध गत ०७८ असोज ११ गते नै उजुरी दर्ता भएको हो ।
उक्त निवेदन उपर अख्तियारले कुनै कारबाही प्रक्रिया अगाडी नबढाएको भन्दै पुनः सूचना माग गर्दा दर्ता शाखाका कर्मचारीकै लापरवाहीले गलत दर्ता नं. दिएकोले उजुरी फेला नपरेको जावाफ आएको लामाले बताए ।
उजुरी फाईलको बारेमा पुनः सूचना माग गर्दा उक्त फाईल उपर कारबाही प्रक्रिया बढाउँदै छ भन्ने जावाफ आएपनि करोडौँ रकम हिनामिना गरी राज्यकै विशिष्ठ श्रेणीको सेवा सुविधा लिने अध्यक्ष कमला पराजुलीको विषयमा कुनै चासो देखियन, लामाले भने ।
तीन पटकको सूचना मागपछि उक्त फाईल अधिकृतको टेवुलमा पुगेको सूचना शाखाका एक कर्मचारीले जानकारी दिए । पराजुली पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले आयोगमा नियुक्ति भएकी हुन् ।
पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्था मार्फत जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१/०७२ मा र पछिल्लो आर्थिक वर्ष ०७२/०७३ मा गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणका लागि अनुदान प्राप्त गरे पनि सोही क्षेत्रमा कुनै संरचना नबनेको र अनिमियतता देखिएको भन्दै अख्तियारमा उजुरी हालेको पत्रकार लामाले बताए।
पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्थाले जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१/०७२ मा रु, दुई करोड दश लाख र पछिल्लो आर्थिक वर्ष ०७२/०७३ मा रु तीन करोड गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणणका लागि अनुदान प्राप्त गरेको मन्त्रालयको रिर्पोटमा छ।
करोडौँ रकम विनियोजित भएपनि सोही क्षेत्रमा निर्माण गरेका केही भवन झाडी लथालिङ्ग अवस्थामा रहेको, भवनहरु पूरा निर्माण भई नसकेको, भवन निर्माण नसकिदै जीर्ण र भत्किन लागेको र राज्य दोहनको कार्यमा प्रत्यक्ष संलग्न देखिएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको लामाले बताए ।
नेपाल सरकारको तलब भत्ता खाने र आफुँले जिम्मा लिएको काम सम्पन्न नगरी विभिन्न व्यक्तिहरुको मिलोमत्तोमा जेष्ठ नागरिक गृह निर्माण गर्ने भनि कागज प्रमाणहरु मिलाई नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी र स्थानीय समुदायमा समेत असर पर्ने काम गरेको अध्यक्ष पराजुलीलाई आरोप अगाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
