काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा साथी–साथीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सामान्य विवादमा कैँची प्रहार गर्दा काठमाण्डौको मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका २७ वर्षका रोशन रिजालको ज्यान गएको चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घाइते एक जनाको उपचार भैरहेको छ । हत्यामा संलग्न दुई जना दाजुभाई अनुज र अशोक बस्नेतलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । एक जनालाई हिजो र एकजनालाई आज पक्राउ गरिएको हो।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, केही दिन अघि चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका थिए । पुस १५ मा हिउँ खेल्न गएका चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेवको शव पुस २३ गते फेला परेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
