काठमाडौँ । काठमाडौँको कलंकीमा बसको ठक्करबाट फेरि एक जनाको ज्यान गएको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको ज्यान गएको हो ।
बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पुस २४ गते राति पनि कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको थियो । अर्का एक घाईतेको अहिले पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई २४ गते राति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको ज्यान गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
