काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा थप २ हजार २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जनामा संक्रमित थपिएका छन्। शनिवारसम्म सङ्क्रमण दर ३१.८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
गत पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर दुई सातामै यति धेरै प्रतिशतले बढेको हो।
देशभर थपिए ४,६३६ संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।
मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ।
सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन्।
अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
