त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेज माघ १० गतेसम्म बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो।

Advertisement

यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ। त्रिविले सूचना जारी गरि माघ १० गतेसम्म सबै कलेज बन्द रहने उल्लेख गरेको छ । तर हाल सञ्चालनमा रहेका सबै परीक्षाहरु यथावत सञ्चालन हुने जनाएको छ ।

परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

More News last news
Loading...