पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना

कैलाली l संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ।

मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो।

Advertisement

धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाई ठक्कर दिएर अनियंत्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...