काठमाडौंको गुर्जुधाराबाट एकैदिन १६ जना पक्राउ, गरेछन् यस्तो काम (नामसहित)

काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलियालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट सोमबार दिउँसो १६ जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

छिटो छरितो काम गरिदिने भनी आश्‍वासन दिई जवरजस्ति सेवाग्राहीहरुलाई तानी अनावश्यक दुःख हैरानी दिई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-६ बस्‍ने २३ वर्षीय सुबिन लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन र चन्द्रागिरिकै २६ वर्षीय हरिकृष्ण पहरी रहेका छन् ।

यस्तै धरान बस्‍ने २७ वर्षीय राकु तामाङ, अछाम घर भएका २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुंगा घर भएका ३८ वर्षीय विरेन्द्र कटुवाल, तनहुँ घर भएका २३ वर्षीय शुसान्त राजभण्डारी, मकवानपुर घर भएका १९ वर्षीय विशाल लामा, रोल्पा घर भएका २३ वर्षीय जीवन मगर र झापा घर भएका २८ वर्षीय विशाल मेचे पक्राउ परेका हुन् ।

यसैगरी ओखलढुंगा घर भएका २१ वर्षीय विवेक न्‍यौपाने, ललितपुर घर भएका ३४ वर्षीय रुद्रबहादुर महत र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले यसको अनुसन्धान गरिरहेको छ ।

More News last news
Loading...