काठमाडौं । नयाँ कार्यसमिति चयन गर्दै अनलाइन पत्रकार संघको ११ औँ साधारणसभा सम्पन्न भएको छ। संघले ११ औं साधारण सभा तथा सातौ अधिवेशनबाट अर्थबजार डटकमका प्रधानसम्पादक समेत रहेका सापकोटाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी, सचिवमा काठमाडौं प्रेसका गोविन्द मरासिनी र कोषाध्यक्षमा हाम्रो अर्थ डटकमका निर्दोष घोरासेईने निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा नयाँपुस्ता डटकमका अमृत पौडेल, उकेरा डटकमकी प्रजु पन्त र मिडिया कुराकानीका रबिराज बराल चयन भए । संघको ११ औं साधारण सभाको उद्घाटन सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका थिए ।
अनलाइनलाई लोककल्याणकारी बिज्ञापन दिने प्रतिबद्धता
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन संचारमाध्यमलाई पनि अन्य संचारमाध्यम जस्तै लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री कार्कीले मिडियाको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । पत्रकारिता पेसाको शुद्विकरणका लागि अनलाइन पत्रकार संघ जस्ता विधागत संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, महासंघका उपाध्यक्ष रमेश विष्ट, महासँघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल पत्रकार महासँघ एशोसियटका अध्यक्ष वैकुण्ठराज पराजुली लगायतको उपस्थिति रहेको थियो ।
अनलाइन जर्नालिजम पत्रकारिता पुरस्कार ढुंगानालाई
अनलाइन पत्रकार संघले प्रत्येक २ बर्ष बर्षमा प्रदान गर्ने अनलाइन जर्नालिजम अवार्डबाट उकेरा डटकमका सम्पादक कृष्ण प्रसाद ढुंगाना (केपी ढुंगाना) सम्मानित भएका छन् । संघको ११ औं साधारण सभाको अवसरमा सो पुस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदान गरेका थिए। ढुंगानालाई नगद रु ५०,०००।– (रु पचास हजार) सहित सम्मान गरिएको हो । ढुंगाना अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुन् ।
साधारण सभाले वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७७–७८ को आर्थिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदनमाथि छलफल सहित पारित गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
