मलामी सवार बस दुर्घटना, ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौँ । पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।

बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ।

Advertisement

आइतबार बिहान साढे १० बजेको समयमा लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए।

बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ। बसमा ३५ जनाभन्दा धेरै मलामी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण भने अझै आइसकेको छैन ।

More News last news
Loading...