शवसंगै मलामी बोकेर रिडी हिँडेको बस दुर्घटना, ७ जनाको ज्यान गयो

काठमाडौँमा । बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ। शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो।

आइतबार बिहान साढे १० बजेको समयमा लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।

Advertisement

बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ। अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ।

More News last news
Loading...