काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ।
यसअघि गृहमन्त्रालयको लेटरहेडमा मिति संसोधन गरेर सामाजिक सञ्जालमा सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएको थियो।
सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ।
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु पनि बन्द रहने भएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
