माघभित्र चुनावमार्फत विश्व हिन्दू महासंघको नेतृत्व चयन गर्न माग

काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुले तत्काल महासभामार्फत चुनाव गर्न र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । उनीहरुले गत मंसिर २५ गते हुने भनिएको निर्वाचन स्थगित् भएको जनाउँदै आगामी माघभित्र चुनाव गर्न माग गरेका हुन् ।

उनीहरुले महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्याललाई संस्थाको कामकारबाही अघि बढाउन प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने पनि धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन्।

Advertisement

गत मंसिर २५ गतेको लागि बोलाईएको महासभामा भने अस्मिता भण्डारीले स्वघोषित रुपमा आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको धर्मगुरु व्यासाचार्य किशोर गौतमले सुनाए । निर्वाचन समितिले चुनाव स्थगित् भएको घोषणा गरेपछि भण्डारीले आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको पनि उनले जनाए।

अहिले भण्डारीलाई महासचिवबाटपनि पदमुक्त गरिसकिएको पनि उनीहरुले जनाएका छन् । निर्वाचन स्थगित् भएकोले यअसघिको कार्यसमिति यथावत रहने पनि गौतमले जनाए । उनले अहिलेको निमित्त अध्यक्ष अर्यालले महासचिवमा रहेकी भण्डारीलाई पदमुक्त गरेको र सोबारे सिडिओ कार्यालयमा पनि जानकारी गराईएको सुनाए।

महासभा बोलाउनको लागि डा. शास्त्रदत्त पन्तले आग्रह गरेका छन् । पन्तको संयोजकत्वमा निर्वाचन सम्पन्न गर्नको लागि समिति बनाईएको र यसले महासभा बोलाउने जनाईएको छ । डा. पन्तलाई महासभा प्रयोजनार्थ संयोजक भने गत मंसिर २६ गते नै बनाइएको थियो ।

गौतमले महासभा देवघाटमा गर्न खोजिएको सुनाए । धर्मगुरु व्यासाचार्य गौतम विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षका प्रत्यासी हुन । उनी २०३७ सालदेखि विश्वव्यापाी रुपमा निरन्तर स्वयमसेवक रुपमा खटिरहेका छन् ।

कार्यक्रममा विश्व हिन्दू महासंघ नेपाल ईकाईका वरिष्ठ उपाध्यक्ष शंकर खराल, जैन धर्माचार्य डा. नमन उपाध्याय, शिख धर्म गुरु सरदार गोविन्द सिंह, विश्व ॐकार एकता महाभियानका प्रमुख संयोजक डा. चिन्तामणि योगी र सामाजिक अभियन्ता दिनेश कँडेलले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय कोषाध्यक्ष श्याम केसी र विश्व हिन्दू महासंघ धार्मिक विभागका गुरु दिपक सुवेदीको पनि सहभागिता रहेको थियो ।

छिटोभन्दा छिटो महासभामार्फत निर्वाचन सम्पन्न होस भन्ने सहभागीहरुको भनाई थियो । नयाँ कार्यसमिति लोकतान्त्रिक विधि र पद्धतीअनुसार खासगरी विधानसम्मत् चुनावबाट अध्यक्ष आउनुपर्ने गौतमले बताए । उनीहरुले अहिले उठाईएका समस्याको समाधानको लागि महत्वपूर्ण थलो महासंघको विधानत महासभा धर्म सभा नै भएको उल्लेख गरेका छन् ।

धर्मगुरु व्यासाचार्य किशोर गौतमको नाममा जारी गरिएको विज्ञप्तीमा यही २०७८ साल माघ महिनाभित्र देश तथा विदेशमा रहेका महासभा सदस्यहरुलाई आमन्त्रण गरी देवघाट धाममा महासभा राख्ने कुरा उल्लेख गरिएको छ ।

त्यस्तै, आर्थिक प्रचारप्रसार आदि गर्न विविध उपसमिति निर्माण गरी तदारुकताका साथ महासभाको थालनी गरिने पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘तिथिमिति निश्चित् गर्ने र भव्यतम रुपमा महासभालाई सम्पन्न गरी विश्व हिन्दू महासंघको कार्यकारिणी मूल कमिटी र धर्मसभा गठन गरी सम्पूर्ण संघ/संस्थालाइ एकजुट बनाई उद्देश्य प्राप्तिमा सफलता हाँसिल गर्ने र विदेशका ईकाईहरुलाई समेत सक्रिय रुपमा जगाउने र नभएका देशमा थप विस्तार गर्दै जाने छौं।’

More News last news
Loading...