काठमाडौं । मन्दिर आसपासको गेष्ट हाउसको कोठा भाडामा बस्ने र मन्दिरमा डुलेर पकेट मा र्ने एक जोडी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका विभिन्न प्रशिद्ध तिर्थस्थलमा यस्तै गर्दै आएका थिए । पछिल्लो पटक उनीहरु पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ परेका हुन् । चोरी गर्न कै लागि गेष्ट हाउसमा कोठा लिएर बस्ने गरेका थिए ।
भारतीय नागरिक एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।
उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।
उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ। उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल बरामद भएको छ। उनीहरूको साथबाट ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। साथै पर्स दुई थान, चक्कु एक थान पनि बरामद भएको छ।
यस्तै, नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर रामबहादुर मल्ललाई पक्राउ गरेको छ। युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
बाग्लुङ घर भई हाल काठमाडौँ महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय मल्ललाई आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनले साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानल संचालन गर्दै आएका थिए।
उनले आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
