चन्डीगढमा पहिलो पटक लडेको आम आदमी पार्टी बन्यो ठूलो, मोदीका मेयर नै पराजीत

काठमाडौँ । भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ।

चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धैरै सिट जित्ने पार्टी बनेको छ। आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ।

Advertisement

त्यहाँ बीजेपीले १२ र कांग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ। चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन्। उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्ढीगढमा चुनावी मैदानमा उत्रिएको थियो।

जितपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविंद केजरीवालले ट्वीट गरेर उम्मेदवार र कार्यकर्ता तथा मतदातालाई बधाइ दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, “चन्डीगढ नगर निगममा आम आदमी पार्टीको यो जित पञ्जावमा आउने लागेको बदलाव हो।” गत निर्वाचनमा उक्त नगरपालिकामा बीजेपीले २० सिट जितेको थियो।

More News last news
Loading...