दुबईमा काम गर्ने नेपाली युवतीको नग्न फोटो ! कलङ्कीको होटलबाट एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा दुबईमा पुगेकी एक नेपाली युवती आफु काम गर्ने कम्पनीमा कार्यरत भारतीयद्धारा ब्ल्याकमेलिङमा परेकी छिन्। भारतीय नागरिक ३१ वर्षीय मोहम्मद सालिमले युवतीको नग्न तस्विर उनका आफन्तलाई पठाई दिएको प्रहरीको दावी छ। काठमाडौं प्रहरी परिसरले सालिमलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सालिमले ती युवतीलाई काठमाडौंमा आएर होटलमा बोलाएको र नआए तस्बिर आफन्तलाई पठाइदिने धम्की दिएका थिए। युवती होटलमा नगएपछि सालिमले ती तस्विर उनका आफन्तलाई पठाइदिएका थिए।

Advertisement

प्रहरीका अनुसार सालिमले ती युवतीका नाममा नक्कली फेसबुक आईडी बनाई त्यसबाट उनको नग्न तस्विरहरु पोष्ट पनि गरेका थिए। सालिमलाई अदालतमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए। भारतको उत्तर प्रदेशस्थित माउ जिल्लाका सालिम कलङ्कीबाट पक्राउ परेका हुन्।

यस्तै, नेपाल प्रहरीले रु ४५ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–२१ बस्ने ४२ वर्षीय अमर महर्जनलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असोज ८ गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम रु ४५ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका महर्जनलाई आज शङ्खमूलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका महर्जनले आफ्नो मेघा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले महर्जनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

More News last news
Loading...